शुभ दिपावली

हिन्दुहरुमो दोस्रो ठूलो चाडको रुपमा रहेको दिपावली पर्व नेपालीहरुको आँगनमा आईसकेको छ । देश विदेशमा रहेका दिदीबहिनी र दाजु भाईहरु एकै स्थानमा भेटघाट गरि दाजु वा भाईको दिर्घायुको कामना गर्दै मनाईने यो पर्व यसपालि पनि धुमधामका साथ मनाउने तयारी आम नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले गरेको देखिन्छ ।
निर्वाचनको समय समेत नजिकीदै आएका कारण जिल्ला सदरमुकाममै खेलीने भैली र नाँचगानमा समेत यो बर्ष कमि आएको छ । सदरमुकाममा मात्र हैन गाउँघरका साथिभाईहरु जम्मा भएर देउसी भैलो खैल्दै रमाईलो गर्नै यो चाड यसपालिको निर्वाचनको चटारोले सामान्य प्रभावीत वनाएको देखिएको छ ।
दशैमा समेत गाउँ प्रचारमा हिडेका सभासदहरुले गाउँमै टिका लगाएका थिए भने तिहारमा समेत गाउँ प्रचारमा हिडेका सभासदहरुले गाउँ टिका लगाउने बताएका छन् ।
संविधान सभाको दोस्रो चुनावको मिति नजिकीदै छ ? दीपावली लगत्तै चुनाव हुने भएकोले सवै आम मतदाताहरुले निश्पक्ष र भयरहित वातावरणमा चुनावमा भाग लिने अवसर प्राप्त गर्न सकुन् । मुलुकमा देखिएको राजनीतिक अन्यौलता सदाका लागि अन्त्य होस् । नेपाल र नेपालीहरुले चाहेको संविधान निर्माण हुन सहयोग पुगोस यही कामना गर्दै । शुभ दिपावली २०७० सालको पावन  अवसरमा सम्पूर्ण जिल्लावासिहहरु, धमाका दैनिकलाई मन पराउनुहुने सम्पूर्णलाई हामी हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं ।।
तपाँईहरुको दिपावली निकै खुःशीयालीका साथ वितोस् हाम्रो तपाँईहरुलाई यही शुभकामना दिन चाहान्छौं । साथै दिपावलीमा हाम्रो प्रकाशन बन्द हुने र अनलाईन सेवा नियमित रहिरहने पनि जानकारी दिन चाहान्छौं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार